१३ लाई किन अशुभ अंक मानिन्छ ? « Khabarhub

१३ लाई किन अशुभ अंक मानिन्छ ?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

संसारका धेरै देशमा १३ अंकलाई अशुभ मानिन्छ । त्यही भएर कतिपय देशका होटेलमा १३ नम्बरको कोठा नै हुँदैन । शुक्रबार १३ तारिख पर्‍यो भने पश्चिमीहरू असाध्यै अशुभ मान्छन् ।

यस्तो संयोग परेको दिन अमेरिकामा करीब नौ अर्ब डलरको उत्पादनमा असर पुग्ने तथ्यांक छ । मनोविज्ञानले १३ अंकप्रतिको डरलाई ट्रिस्काइडेकाफोयिबा नामकरण गर्ने गरेको छ । तेह्र तारिखको दिन पश्चिममा सबभन्दा बढी दुर्घटना हुन्छन् ।

तेह्रलाई यसरी अशुभ मान्ने प्रचलनको शुरुवात बेबिलोनियन सभ्यताको कोड अफ हम्मुराबीबाट भएको मानिन्छ । यी कोडहरू त्यतिखेरका कानून हुन् । यिनमा १३ नम्बर नभएकाले त्यो अंक अशुभ मानियो ।

इतिहासकार चाहिँ यो कुतर्क भएको विश्वास गर्छन् । छुट्यो होला नि १३ अंक लेख्न, के को शुभ अशुभको कुरा हुनु भन्छन् उनीहरू ।

अंकगणितको दृष्टिकोणबाट हेर्दा १३ अनुपयोगी र असुविधाजनक छ । यसको अगाडि आउने १२ लाई गणितज्ञहरू पर्फेक्ट नम्बर मान्छन् ।

यही हिसाबमा १२ घन्टाको इकाइमा समय मापन गरिन्छ भने १२ महिनाको एक वर्ष हुन्छ । तेह्र चाहिँ अविभाज्य र अपरिमेय संख्या हो । कम उपयोगी भएका कारण यसलाई अशुभ मानिएको हुनसक्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ११ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०