नेपाली भूमी नमिचेको चीनको प्रतिक्रिया « Khabarhub

नेपाली भूमी नमिचेको चीनको प्रतिक्रिया


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले हालै जारी गरेको नयाँ नक्साका कारण उत्पन्न सीमा विवादले तरंगित पारिरहेको अवस्थामा उत्तरी छिमेकी चीनले आफूले सिमाना नमिचेको प्रतिक्रिया दिएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले बिहीबार पत्रकारसँग कुरा गर्दै कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनुपर्ने बताउँदै चीनले नेपालको सिमाना नमिचेको प्रतिक्रिया दिएका हुन् ।

भारतले नेपालको भूमीलाई समेटेर जारी गरेको नयाँ नक्सा, यसबारे चीनको धारणा र चीनले पनि नेपालको ३६ हेक्टर जमिन मिचेको प्रसंगमा के भन्नुहुन्छ भनी उनलाई प्रश्न सोधिएको थियो ।

जवाफमा दूतावासका प्रवक्ताले कालापानी क्षेत्रको विवाद मित्रवत् परामर्श र वार्ताका माध्यमबाट टुंग्याऊन् भन्ने चीनको चाहना रहेको बताए ।

‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ प्रवक्ता सिओयोलोङले भने,‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं । यस्ता आरोप आधारहीन छन् । उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ ।’

उनले नेपाल र चीनले सन् २०६१ मा सीमा सन्धीमा हस्ताक्षर गरेको र सोही सन्धीका आधारमा सीमा तय भएको उल्लेख गरे ।

‘त्यसपछिका वर्षहरूमा दुबै पक्षले सीमा र सुख्खा बन्दरगाहजस्ता मुद्दामा राम्रो सहकार्य गरिरहेका छन् । अक्टोबरमा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि दुबै पक्षले सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गरेका छन्,’ उनले भने,‘चीन नेपालसँग सीमा समस्या, बाहिर हस्तक्षेपको विरोध र साझा विकासका लागि सहकार्यलाई थप बलियो बनाउन चाहन्छ ।’

उनले नेपाल-चीन सम्बन्धमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने पनि बताए । यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्र शासित क्षेत्र बनाउने निर्णय कार्यान्वयन गर्न भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई भारतमा देखाइएको थियो ।

भारतको उक्त नक्साको नेपालमा चर्को विरोध भएको थियो । सोमबार संसदको राज्यव्यवस्था समितिमा नेपाली कांग्रेसका सांसदद्वय अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले चीनले पनि नेपाली सीमा मिचेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : २१ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख