नेकपाको सचिवालय र स्थायी कमिटी आज बस्दै | Khabarhub Khabarhub

नेकपाको सचिवालय र स्थायी कमिटी आज बस्दै


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आज (आइतबार) बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो । यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो । गत मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो ।

आज बस्ने स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ६ महिने कार्ययोजना तथा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

त्यस्तै, बैठकले सचिवालयले गर्दै आएका संगठनात्मक निर्णयहरुलाई अनुमोदन गर्नेछ । बैठकले वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने गरी सचिवालयले गरेको निर्णयलाई पनि अनुमोदन गर्नेछ । स्थायी समिति बैठकमा सचिवालय विस्तारको विषयमा पनि छलफल हुने बताइएको छ ।

स्थायी समितिअघि सचिवालय बैठक बसेर स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : २६ बजे

सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा दुई उद्योग थपिए

बागमती– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम

टिकटकको अमेरिकी बोर्डमा अमेरिकाकै प्रभुत्व: ट्रम्पसँगको वार्तामा सीले जनाए सहमति

वासिङटन – चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने

नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अब अन्तिम १५ मिनेटको

गगनप्रति कांग्रेस प्रवक्ताको आक्रोश : अभिभावकमाथि आक्रमण हुँदा उपचार पनि पर्खन नसक्ने ?

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी महामन्त्री