‘ए मेरो हजुर ३’ हिट नभएको भए के गर्थिन् सुहाना ? | Khabarhub Khabarhub

‘ए मेरो हजुर ३’ हिट नभएको भए के गर्थिन् सुहाना ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा नायिका झरना थापाकी छोरी सुहाना थापा लाइमलाइटमा छिन् यतिबेला । उनी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ सिनेमा घरमा रिलिज भइरहेको छ । व्यापारका हिसाबले यो फिल्मलाई सफल सिनेमा भनिएको छ । अर्कातिर फिल्ममा सुहानाले गरेको कामको पनि तारिफ भइरहेको छ ।

पहिलो फिल्मबाटै राम्रै फ्यान फलोइङ कमाएकी सुहानालाई दर्शकले अभिनय नरुचाएको भए के गर्थिन् ? खबरहबसँगको कुराकानीमा सुहानाले यदि आफूलाई दर्शकले कलाकारका रुपमा नस्वीकारेको भए पनि फिल्म क्षेत्रमै रहेर काम गर्ने बताइन् ।

‘मलाई यदि दर्शकले अभिनयमा स्वीकार गर्नुभएन भने पनि प्रोडक्सन हाउसमै रहेर काम गर्ने सोच थियो, तर पहिलो फिल्मबाट राम्रो रेस्पोन्स आएको छ,’ सुहानाले भनिन् ।

सुहाना थापा

साथै उनले आफूले आमा झरना थापाबाट सबैसँग मीठो बोल्ने कला र बुबा सुनीलकुमार थापाबाट व्यवसाय गर्ने कला सिकेको बताइन् । ‘हाम्रो प्रोडक्सनमा ड्याडीलाई धेरैले ठग्न सक्दैनन्, यही कारणले पनि कतिले त हाम्रोमा काम नै छोडेर गएका छन्, मैले ड्याडीबाट बिजनेस कसरी गर्ने भन्ने सिकेँ,’ उनले थपिन् । पहिलोपटक शूटिङमा जाँदाखेरि नै आफू यही क्षेत्रका लागि जन्मेको महसुस भएको सुहानाले सुनाइन् ।

फिल्म ‘ए मेरो हजुर ३’ मा सुहानाले आर्याको भूमिका निभाएकी छिन् । फिल्ममा उनलाई अनमोल केसीको अपोजिटमा देख्न सकिन्छ । फिल्ममा लगानी सुनीलकुमार थापाको छ भने निर्देशन झरना थापाको रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ३५ बजे

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेन-जीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको

गृहमन्त्री अर्यालले सार्वजनिक गरे एक महिने प्रगति विवरण (पूर्णपाठ)

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण

पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी

काठमाडौं । नेकपा एमालेका नेता राजिब पहारीले पार्टीका सबै कमिटीमा

अन्तरिम सरकारको रिपोर्ट कार्ड : एक महिनामा के गर्‍यो, के गरेन ?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले