सन्दीप आईपीएलको ‘इमर्जिङ प्लेयर अवार्ड’का लागि मनोनित, कसरी भोट गर्न सकिन्छ ? « Khabarhub

सन्दीप आईपीएलको ‘इमर्जिङ प्लेयर अवार्ड’का लागि मनोनित, कसरी भोट गर्न सकिन्छ ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल) यो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने ‘इमरर्जिङ प्लेयर अवार्ड’को मनोनयनमा परेका छन् ।

आईपीएलमा दोस्रो सिजनमा पनि दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीप इमर्जिङ प्लेयरको अर्वाका लागि मनोनयनमा पर्न सफल भएका हुन् ।

इमरर्जिङ प्लेयर अवार्डका लागि सन्दीपसँगै रोयल च्यालेन्जर्स बैंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् ।

यसअघिको सिजनमा दिल्ली क्यापीटल्स (दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएपछि यो सिजनका लागि दिल्लीले रिटेन गरेको थियो । यो सिजनमा उनले दिल्लीबाट ४ खेल खेल्दै ५ विकेट लिइसकेका छन् ।

मनोनित पाँचौ जना खेलाडीका लागि भोटिङ शुरु भइसकेको छ । अघिल्लो वर्ष दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान रिसभ पन्तले पाएका थिए । खेलाडीलाई भोटिङ र टेलिभिजन कमेन्टेटरको मूल्याङ्कनका आधारमा छनोट गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

यसरी भोट गर्न सकिन्छ, यहाँ क्लिक गर्नुस्

 

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : ३५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर