नेकपाले अभूतपूर्व सफलतालाई सदुपयोग गर्न सक्नुपर्छ : रावल « Khabarhub

नेकपाले अभूतपूर्व सफलतालाई सदुपयोग गर्न सक्नुपर्छ : रावल


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिमका सबै जिल्लामा पार्टी एकता कार्य टुङ्गिएको छ ।

यही जेठ २५ गते कैलालीबाट शुरु भएको जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम शनिबार अछाम जिल्ला कमिटीको घोषणा तथा शपथग्रहण भएसँगै नौ वटै जिल्लामा जिल्ला कमिटीले पूर्णता पाएको हो ।

पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टसहितका नेताहरुको उपस्थितिमा अछाम जिल्ला कमिटीका १४५ सदस्यलाई शनिबार शपथग्रहण गराइएको छ ।

शपथग्रहणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले नेकपाले अहिले अभूतपूर्व सफलता प्राप्त गरेको भन्दै यस सफलतालाई सदुपयोग गर्न जरुरी रहेको बताए । यो सफलतालाई जनताको आकाङ्क्षा र राष्ट्रको आवश्यकताअनुसार उपयोग गर्न आग्रह गरे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले यसअघि काङ्ग्रेसले बहुमत प्राप्त गर्दाका बखत देशका कलकारखाना कौडीको भाउमा बेचेको र नदीनाला अरुलाई सुम्पिएको आरोप लगाए । नेता रावलले सकारात्मक अनुभवलाई ग्रहण गर्दै जीवनमा कार्यान्वयन गर्ने र नकारात्मक अनुभवबाट पाठ सिक्दै अघि बढ्न नयाँ चयन भएका जिल्ला कमिटी सदस्यलाई आग्रह गरे ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ९ : १५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता