गण्डक नहर जुनसुकै बेला भत्किनसक्ने « Khabarhub

गण्डक नहर जुनसुकै बेला भत्किनसक्ने


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- झण्डै ४५ वर्ष अघि निर्माण भएको गण्डक नगर भत्कने जोखिममा पुगेको छ । जीर्ण भइसकेको यो नहर उचित मर्मतसम्भार हुन नसक्दा जुनसुकै अवस्थामा भत्कनेस्थितिमा पुगेको हो ।

नहरका पुल, पुलेसा, कलभर्ड तथा संरचनाको मर्मत सम्भारको अभावमा जीर्ण बनेका छन् । बारा एवं रौतहटको दक्षिणी भेगको ३७ हजार ४ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषि उत्पादकत्वमा अभिवृद्धि गर्न र त्यसबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले विसं २०३० जेठ २१ गते यो नरहको उद्घाटन गरिएको थियो । नहरको उद्घाटनका क्रममा तत्कालीन प्रधानमन्त्री कीतिनिधि विष्टले गण्डक नहरमै साना ठूला गरी ३ हजार ५ सय ७४ वटा पुल, पुलेसा, कल्भर्डको उद्घाटन गरेका थिए ।

भारत विहार राज्यको वाल्मिकीनगरमा निर्माण गरी पूर्वी मूलनहर (तिरहुत मूलनहर) को दोनशाखा नहरबाट पश्चिमी चम्पारणको इनर्वा गाउँ तथा पश्चिमी पर्साको जानकी टोलमा प्रवेश गरेको सो नहर हाल बारा जिल्लाको ११ नं ब्लकसम्म ६० किलोमिटरमा पानी आउने गरेको छ ।

८१ किलोमिटर लम्बाइको सो मूलनहर रौतहट जिल्ला हुँदै वाग्मती नदीमा मिसिने गरे पनि हाल जानकीटोलादेखि बाराको ११ नम्बर ब्लकसम्म मात्र पानी पुग्ने गरेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी वीरगञ्जले जनाएको छ ।

विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको सो नहर सन् १९७५ र १९७६ गरी दुई चरणमा नेपाल सरकारलाई हस्तानान्तरण गरिएको थियो । नहरमा रहेको पुल, पुलेसा कल्भर्ड तथा संरचना अति पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने अनुमान प्राविधिकको छ ।

गण्डक नहरमा मूलशाखा नहर १७ वटा, शाखा नहर ५० वटा तथा ३ हजार ५ सय ७४ वटा पुल, पुलेसा र कल्भर्ड छन् । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले सो नहरमा ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्नेमा विगतका वर्षमा ५ सयदेखि ६ सय क्युसेक पानी मात्र उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा धानबालीका लागि ८ सय २९ क्युसेक पानी प्राप्त हुँदै आएको सो कार्यालयले जनाएको छ ।

प्रत्येक वर्ष नदीले नहरक्षेत्र, संरचना, डाइकहरु कटान गरिरहेकाले बजेटको अभावमा सोको मर्मतसम्भार गर्न नसकिएकाले पुल, पुलेसा तथा कल्भर्ड जीर्ण हुँदै गएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : ३७ बजे

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको