तारादेवी र पुकार गुरुङ्ग स्ट्रङ्गेष्ट खेलाडी घोषित « Khabarhub

तारादेवी र पुकार गुरुङ्ग स्ट्रङ्गेष्ट खेलाडी घोषित


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ्ग नेपाल स्ट्रङ्गेष्ट खेलाडी घोषित भएका छन् । तेस्रो ओलम्पियन सुनिललाज जोशी स्मीती भारत्तोलन प्रतियोसगितामा पुन र गुरुङले स्ट्रङ्गुष्ट खेलाडीको ब्यानेटका साथै ट्रफी, प्रमाण पत्र र नगद १० हजार प्राप्त गरे ।

पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा महिला तर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए ।

उदियमान खेलाडीमा पुरुष तर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित भए ।

बुधबार ढिलोगरि सम्पन्न भएको प्रतियोगिताको पुरुष १०९ केजी माथिको तौलमा स्ट्रङ्गेष्ट खेलाडी सेनाका पुकारले तीनै विधामा राष्ट्रिय किर्तिमान कायम गरे । उनले आफ्नै नाममा आठौ राष्ट्रिय खेलकुदमा राखेको स्नाचमा १२६ केजीमा सुधार गर्दै १२७ केजी र क्लिन एण्ड जर्कमा १५० केजीमा सुधार गर्दै १५१ केजी भार बहनका साथ कुलमा पनि २७६ बाट २७८ केजीका साथ किर्तिमान राखेका हुने । दौश्रो स्थानमा रहेका नेपाल पुलिसका राजीव महर्जनले ९५ स्नाचमा, ११७ क्लिनमा गरि कुलमा २१२ केजी उचाले ।

१०९ केजी तौलमा सिनियरमा पुलिसका संदेश गुरुङ्गले स्नाचमा १०६, क्लिनमा १३५ गरि कुल २४१ भार बहन गरे । उनले स्नाचमा आफ्नै नाममा रहेको १०० केजी तौलमा सुधार गर्दै १०६ केजी भार उचालेका थिए । जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एण्ड जर्क र कुलमा किर्तिमान बनाए । उनले क्लिनमा संदेशको नाममा रहेको १३८ केजीलाई उछिन्दै १४७ केजी र कुलमा संदेशकै नाममा रहेको २३८ केजीलाई उछिन्दै २४७ केजीका साथ किर्तिमान राखेका हुन् । सारगले स्नाचमा १०५ केजी भार बहन गरे ।

१०२ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै बिधामा किर्तिमान राखे । स्नाचमा १०३, क्लिनमा १३० र कुलमा २३३ केजी उचाले । यस अघि सागर भण्डारीले आठौमा स्नाचमा १०२, क्लिनमा १२२ र कुलमा २२४ को किर्तिमान राखेका थिए । दोश्रो स्थानमा रोशन बि.क.ले ७०, १०० र १७० को भार बहन गरे ।

९६ केजी तौलमा नेपाल पुलिसका गगन चन्दले स्नाचमा ९८, क्लिनमा १३० र कुलमा २३८ गरि स्वर्ण, पुलिसकै श्रीकृष्ण महर्जनले स्नाचमा ९०, क्लिनमा १० र कुलमा १९८ केजीका साथ रजत तथा एपिएफका देवेन्द्र बि.क.ले स्नाचमा ८५, क्लिनमा १०७ र कुलमा १९२ केजीका साथ कास्य पाए ।

राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीहरुले नगद १ हजार प्राप्त गरे । पुरुष तर्फ २४ र महिला तर्फ २३ राष्ट्रिय किर्तिमा कायम भएका थिए । उदियमान तथा बेष्ट लिफ्टरले प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तीन बिभागिय टोली जिल्ला तथा क्लबका करिव १०० जना खेलाडीहरुले ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ०१ बजे

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४