कात्तिक १५ सम्म रंगशालाकाे काम पूरा गर्न खेलकुद मन्त्रीको निर्देशन « Khabarhub

कात्तिक १५ सम्म रंगशालाकाे काम पूरा गर्न खेलकुद मन्त्रीको निर्देशन


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरास्थित निर्माणाधीन फुटबल रङ्गशालाको आइतबार निरीक्षण गरेका छन् । सो अवसरमा उनले हालसम्म भएको कामको प्रगतीबारे जानकारी लिएका छन् ।

नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को महिला फुटबल प्रतियोगिता उक्त रङ्गशालामा सञ्चालन हुने भएकाले आगामी कात्तिक १५ गतेभित्र काम सम्पन्न गर्न मन्त्री विश्वकर्माले निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बराललाई निर्देशन दिए ।

बजेटको अख्तियारी आउन ढिलाइ भए पनि सागका पूर्वाधार निर्माणमा बजेट अभाव हुन दिन्नौं”, उनले प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री विश्वकर्माले विभिन्न खेलका सङ्घलाई समेत निर्माणको काममा सघाउन आग्रह गरे ।

परियोजनाका प्रबन्धक बरालले हालसम्म रङ्गशालाको ४० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । उनले १० हजार दर्शक अटाउने प्यारापिट तयार भइरहेको बताए ।  १८ हजार ५ सय दर्शक क्षमताको फुटबल रङ्गशाला रु एक अर्ब २८ करोड २२ लाखको लागतमा निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ९ : १७ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना