के बुर्ज खलिफामा नाम देखाउन शाहरुख खानले दिएका थिए २ करोड? « Khabarhub

के बुर्ज खलिफामा नाम देखाउन शाहरुख खानले दिएका थिए २ करोड?


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानको ५४ औँ जन्मदिनमा दुबईको बुर्ज खलिफामा नाम देखाइएको थियो । जन्मदिनको उक्त उत्सवलाई शाहरुख खानले धन्यवाद दिएका थिए ।

शाहरुखले ट्वीटरमा लेखेका थिए, ‘मलाई यति चम्किलो बनाइदिएकोमा धन्यवाद मोहम्मद अलबार र बुर्ज खलिफा ।’

हालै सामाजिक सञ्जालमा एक पोस्ट भाइरल भएको छ । जुन पोस्टमा दाबी गरिएको छ कि, शाहरुख खानले बुर्ज खलिफामा आफ्नो नाम देखाउन २ करोड रकम दिएका थिए ।

एक टिभी च्यानलको हेडलाइनलाई सामाजिक सञ्जालमा शेयर गरिएको छ । स्किृनशटमा लेखिएको छ, दुई करोडमा शाहरुख खानले बुर्ज खलिफामा आफ्नो नाम लेखाएका थिए । जब पैसा तिर्ने कुरा भयो त उनले फोन नै उठाएका छैनन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त पोस्ट गलत भएको जनाइएको छ । हेडलाइनमा अर्कै लेखिएको र उक्त हेडलाइनलाई इडिट गरेर फरक बनाइएको हो ।

अफिसियल रुपमा पनि शाहरुख खानले बुर्ज खलिफामा देखाउने बारे पैसाको कुरा नभएको बताइएको छ ।

बुर्ज खलिफा २७,०० फुट अग्लो संसारकै सबैभन्दा अग्लो भवन हो । यसको भ्रमण गर्न विश्वभरबाट पर्यटक आउने गर्छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : २७ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व हुनेछ : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन