४ दिन अस्पतालमा बसिन् लता मंगेशकर, यी लोकप्रिय गायिकाको स्वास्थ्यमा हुँदैछ सुधार « Khabarhub

४ दिन अस्पतालमा बसिन् लता मंगेशकर, यी लोकप्रिय गायिकाको स्वास्थ्यमा हुँदैछ सुधार


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोकिल स्वरकी धनी भारतीय लोकप्रिय गायिका लता मंगेशकर ४ दिनदेखि अस्पतालमा भर्ना भएकी छिन् । भाइरल बिमारले उनलाई सास फेर्न गाह्रो भएको छ ।

उनको मुम्बईस्थित ब्रीज क्याण्डी अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सुधारका लागि कैयन् फ्यान र सेलिब्रेटीले प्राथना गरेका छन् ।

हिजो राति (बिहीवार) लता मंगेशकर निधन भएको खबर सामाजिक सञ्जालमा फैलियो । त्यसपछि परिवारले लता मंगेशकरको ट्वीटर एकाउन्टबाट उनको स्वास्थ्यको दिएको थियो ।

ट्वीटरमार्फत भनिएको छ, ‘लता दिदीको हालत स्थिर छ र रिकभर भइरहेको छ ।’

लता मंगेशकरको स्वास्थ्यलाई लिएर फ्यानको पनि उत्तिकै चासो बढेको छ । फ्यानले उनको स्वास्थ्य लाभको कामना गर्दै प्राथना गरेका छन् ।

९० वर्षीया लताको स्वास्थ्यमा सुधार भइरहेको छ । अस्पतालले उनलाई पूर्ण रुपमा निको हुन केही समय लाग्ने बताएको छ ।

लताले हिन्दीसहित अन्य भाषाका गीत पनि गाएकी छिन् । पछिल्लो समय भने उमेर ढल्केसँगै लता बिरामी पर्दै गएकी छिन् । कोकिल स्वरका कारण लताका गीत अहिलेको पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : १३ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका