मन्त्रिपरिषद् बैठक बस्दै, थापालाई प्रेस सल्लाहकार बनाउने तयारी | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, थापालाई प्रेस सल्लाहकार बनाउने तयारी


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त हुने भएका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रहेका थापालाई प्रधानमन्त्र केपी ओलीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने तयारी भएको नेकपा निकट श्रोतको दाबी छ ।

आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्ने तयारी गरेको श्रोतको दाबी छ ।

यस अघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल थिए ।

प्रधानमन्त्री ओलीले सचिवालयमा रहेकालाई राजीनामा दिन भनेपछि अर्याल लगायतले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीको सचिवालयबाट राजीनामा दिने ६ जनाको राजीनामा स्वीकृत भएको थियो ।

मंसिर १ गतेदेखि लागूहुने गरी राजीनामा दिएकामध्ये प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा भने विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई यथावत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ०३ बजे

यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू)

काठमाडौं– गत भदौ अन्तिम साता भएको जेन-जी आन्दोलनका क्रममा देशका

दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

काठमाडौं– दसैं नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ

जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

हुम्ला– हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर

गाजा सहरमा आक्रमण जारी, महिला र बालबालिका संकटमा

एजेन्सी– गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

गण्डकी– पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने