ज्योतिष शास्त्रः बारअनुसार के गर्दा सफलता मिल्छ ? « Khabarhub

ज्योतिष शास्त्रः बारअनुसार के गर्दा सफलता मिल्छ ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा हामीले कैयौं संर्घष गर्नुपर्ने हुन्छ । जसमा केही सफलता त केही असफलता मिल्छ । तर जे काम गर्दा पनि सफलता मिलेको छैन भने ज्योतिष शास्त्रअनुसार ग्रह दोष निवारण गर्नुपर्ने ज्योतिषशास्त्रीहरु बताउँछन् ।

यसरी लगातार असफलता हात लागेमा केही उपायहरु अपनाउँदा सफलता मिल्ने विश्वास गरिन्छ । बार अनुसार निम्न उपायहरु अपनाउनुहोस्

आइतबार
आइतबार अर्थात साताको पहिलो दिन, घरबाट निस्कँदा पान वा सौंप खाएर निस्कनु होला । यसले तपाईको चाहाना अनुसारको काममा सफलता दिलाउने वा राम्रो फल प्राप्त गराउन मद्दत गर्छ ।

सोमबार
साताको दोश्रो दिन सोमबारको शुरुवात ऐनामा हेरेर मात्र यात्रा गर्नु शुभ मानिन्छ । सोमबार उठ्नासाथ आफुलाई ऐनामा हेर्नुहोस् । यसले तपाईको काममा सफलता दिलाउने गर्दछ । तर स्मरण रहोस् ऐना चर्केको वा फुटेको हुनुहुँदैन ।

मंगलबार
मंगलबारको दिन घरबाट बाहिर निस्कदा सख्खर, मिठाई वा चिनिजन्य पर्दाथको सेवन गरेर मात्र निस्कनु होला । मंगलबार गुलियो सेवन गरेर घरबाट बाहिर निस्कनाले पुरै दिन राम्रो बन्नेछ ।

बुधबार
बुधबारको दिन धनियाको सेवन गर्नाले मनले चाहेको काम पुरा हुने तथा दिनभर सकारात्मक सोचको विकाश हुने देखिन्छ ।

बिहीबार
बिहीबार दिनको शुरुवातमा पहेलो वस्त्रको धारण गर्नुपर्छ । साथै खानामा अनिवार्य जीरा समावेश गर्नुहोला । यसो गर्नाले बिहिबारको दिन शुभ हुने तथा काममा सफलता प्राप्त हुनेछ ।

शुक्रबार
हुनत कुनै पनि काममा जानु अघि दहिको सेवन गर्नाले सफलता पाउने विश्वास गरीन्छ । तर शुक्रबारको दिन घरबाट बाहिर निस्कदा दहिको सेवन गरेर निस्किएमा काममा सोचे अनुसारको सफलता पाउन सकिन्छ ।

शनिबार
बिदाको दिन अर्थात शनिबार घरबाट बाहिर निस्कदा अदुवाको सेवन गरेर निस्किएमा मनले चाहे अनुसारको काम बन्नेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : २७ बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक