आईसीसी यु–१९ विश्वकप एसिया छनोट : ओमानसँगको खेलमा नेपाल १५० रनले विजयी « Khabarhub

आईसीसी यु–१९ विश्वकप एसिया छनोट : ओमानसँगको खेलमा नेपाल १५० रनले विजयी


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले ओमान यु–१९ विरुद्ध शानदार जीत हासिल गरेको छ ।

मलेसियाको एसटिसी मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.१ ओभरसम्म खेलेपनि नेपाली बलरसामू ब्याट्सम्यान चल्न नसक्दा ७९ रन मात्रै बनाउन सक्यो ।

ओमानविरुद्ध नेपालका बलरहरुले उत्कृष्ट बलिङ गरे । यसअघिका खेलमा पनि राम्रो बलिङ गरिरहेका पवन शरार्फले ओमानविरुद्ध ३ विकेट लिए ।

ओमानविरुद्ध १० ओभर बलिङ गरेका पवन शरार्फले २४ रन खर्चेर ३ विकेट लिए भने प्रतिश जीसी र सुर्य तामाङले समान २—२ विकेट लिए । यस्तै, कुसल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले समान एक—एक विकेट लिएका थिए ।

७९ रन बनाएको ओमानका लागि अमनप्रित सिराह र जेल तानले समान १३–१३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअद्धि पलिहो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालको अग्रपङ्तीका ब्याट्सम्यानहरु सानो योगफलमा समेटिएपछि दबाबमा रहेको टोलीलाई कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ओमानसामू मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि २ सय २९ रन बनाउन कप्तान रोहित कुमार पौडेलले ७५ रन बनाएका थिए । उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै ओमानविरुद्ध लक्ष्य लम्बाएका थिए । उनले २३ बलमा ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरेका थिए ।
अर्का ब्याट्सम्यान भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन बनाए ।

नेपालविरुद्ध ओमानका मुजहिर राजा, संजय रविन्द्र, जेल तान र अजाम अलिले समान दुई–दुई विकेट लिएका थिए ।

जारी प्रतियोगितामा तेस्रो जीतसँगै नेपाली टोली अंक तालिकामा ६ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको युएईको ८ अंक रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ५५ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा