आजको मौसम : साँझपख मेघ गर्जनसहित पानी पर्ने « Khabarhub

आजको मौसम : साँझपख मेघ गर्जनसहित पानी पर्ने


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरको तापक्रम बढेको छ । तराईका जिल्लामा बढेको गर्मीले सर्वसाधारण आक्रान्त बन्दै गएका छन् । गर्मी विस्तारै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

त्यसै आज दिउँसोको तापक्रम बढेपनि साझपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने र साँझ पख मध्य भूभागमा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने छ ।

महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ ।

असार १ गते (आइतबार)

दिउँसो: देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदलीरहि मध्य भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार २ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ३ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ८ : १५ बजे

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय