५ तस्वीरमा हेर्नुहोस्– प्रधानमन्त्री ओलीको स्वदेश फिर्ती « Khabarhub

५ तस्वीरमा हेर्नुहोस्– प्रधानमन्त्री ओलीको स्वदेश फिर्ती


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर आज(आइतबार) स्वदेश फर्किएका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओलीको सम्मान सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । मन्त्रीगण, नेपाल सरकारको उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले जेठ २७ गते आइएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना भएको विशेष समारोहमा भाग लिनुका साथै बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद बिन्दा पाण्डेलगायत थिए ।

प्रधानमन्त्री ओली शतवार्षिकीका समारोहमा भाग लिन तथा बेलायत र फ्रान्सको औपचारिक भ्रमणका लागि गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १ : ४४ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता