शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समिकरण फेर्ने प्रयास भइरहेको छ–गुरुङ « Khabarhub

शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समिकरण फेर्ने प्रयास भइरहेको छ–गुरुङ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समिकरण बदल्ने खेल भइरहेको बताएका छन् ।

विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समिकरण फेरबदलको खेल भइरहेको बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाइदा उठाइरहेको र तीनै शक्ति केन्द्रसंगको मिलेमतोमा सरकारको समिकरण फेरबदलको तयारी भइरहेको दाबी गरेका छन् ।

उनले भने “विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ । यहाका कतिपय दलका नेताहरु यही मुद्धालाई लिएर समिकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकिर्ण सोचबाट पनि हेरिरहेका छन् । कतिपयले यही मुद्धालाई उठाएर पेलेको पेलेइ गरेर आफु सधै सत्तारुढ बन्न पाईन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन् । कतिपयले यही मुद्धालाई केन्द्रविन्दु बनाएर समिकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ । ”

नेताहरुको कमजोरीबाट नाजायज फाइदा उठाएर फेरी नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भइरहेको पनि उनले उल्लेख गरे । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहँदैन भन्ने स्थितिमा मुलुक पुगेको दाबी उनको थियो ।

उनले भने “नेपाल अव विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन । दक्षिण कोरिया मात्रै हुनेवाला छैन । दुईवटा छिमेकी राष्ट्रको वीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहदैन ? त्यो दिशा तर्फ जादै छ । ”

पश्चिमा शक्तिले फेरी पनि शान्ति प्रक्रियासंग जोडिएको मुद्धालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उनले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए ।

शान्ति प्रक्रियाका बाँकी मुद्धा सम्बोधन नभएको भन्दै उनले त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । विगतमा मुद्धा लगाईएका कयौलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तिब्र हुदै गएको भन्दै उनले नेपालको राजनीतिक कोर्षबारे चिन्ताको विषय बनेको बताए।

हालै संयुक्तराष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको बताए । संयुक्तराष्ट्रसंघ नेपाल पक्षधर हुदा हुदै कुटनीतिक मर्यादा उलंघन गरेर नौवटा मुलुकसंग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको दाबी उनको थियो ।

उनले भने “यो मुद्धालाई यथावत राखिराख्ने हो भने हेरिराख्नुहोला, यही मुद्धामा टेकेर विदेशी सेना आउनेवाला छ । ”

मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुदै उहाँले एकाधिकार दलाल पूँजीवाद भुमिव्यवस्थापनको मुख्य चुनौति रहेको बताए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : १६ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा