सरकारसँग भएको सहमतिबारे छलफल गर्न गठवन्धनको बैठक, नागरिकता ल्याउन सीके राउतको ‘उर्दी’ ! « Khabarhub

सरकारसँग भएको सहमतिबारे छलफल गर्न गठवन्धनको बैठक, नागरिकता ल्याउन सीके राउतको ‘उर्दी’ !


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारसँग ११ बुँदे सहमति गरेको ‘स्वतन्त्र मधेस गठवन्धन’ ले राष्ट्रिय परिषद् बैठक बोलाएको छ । सरकारसँग भएको ११ बुँदे सहमति र आगामी रणनीति तय गर्न गठवन्धनले राष्ट्रिय परिषद् बैठक बोलाएको हो ।

गठवन्धनका संयोजक सीके राउतले सामाजिक सञ्जालमार्फत यस बारे जानकारी दिएका छन् । उनले चैत २ र ४ गते सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक बस्ने जानकारी दिएका छन् ।

राउतले नेपाल सरकार र स्वतन्त्र मधेस गठवन्धनबीच भएको ११ बुँदे सहमतिलाई ऐतिहासिक सहमति भन्दै बैठकमा आगामी रणनीतिका बारेमा छलफल हुने जनाएका छन् ।

बैठकमा गठवन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजकलगायतका नेताहरुको उपस्थिति हुन भनिएको । गठवन्धनले राष्ट्रिय परिषद् बैठकका सहभागीलाई नागरिकताको प्रमाणपत्र साथमा ल्याउन भनेको छ ।

गठवन्धनका संयोजक राउतले सामाजिक सञ्जालमा लेखेका छन्,‘सहभागी मित्रों से अनुरोधः कृपया नागरिकता प्रमाणपत्र साथ मे लेकर आए ।’

उनले आकस्मिक रुपमा बैठक बस्नु परेका कारण सबै साथीहरुलाई सहभागी गराउन नसकिएको भन्दै दुख नमान्न आग्रह गरेका छन् । राउतले परिषद् बैठकपछि तुरुन्तै विस्तारित बैठक बस्ने जनाएका छन् ।

फागुन २४ गते सरकार र सीके राउतबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएको सहमतिलाई सरकार र सीके राउत पक्षले आ–आफ्नो ढंगमा व्याख्या गरिरहेका छन् ।

गठवन्धनका संयोजक राउतले मधेश छुट्टै राष्ट्रको मागलाई जनमत संग्रहबाट टुंगो लगाउनेगरि सहमति भएको सोही दिन सामाजिक सञ्जालमा लेखेका थिए । तर सरकारी पक्षले सहमतिमा प्रयोग भएको जनअभिमत शव्दको अर्थ देश बिखण्डन हुनेगरि जनमतसंग्रह नभएको बताउँदै आएको छ । त्यसैले गठवन्धनको राष्ट्रिय परिषद् बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : २१ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।