अमेरिकामा साढे ८ अर्बको कोकिन बरामद « Khabarhub

अमेरिकामा साढे ८ अर्बको कोकिन बरामद


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाका लागऔषध नियन्त्रण गर्ने प्रहरीले न्यूयोर्क एण्ड न्यू जर्सी बन्दरगाह क्षेत्रमा कोलम्बियाबाट ल्याइएको डेढ टन (१३७०.७८ किलोग्राम) लागूऔषध कोकिन बरामद गरेको छ ।
न्यू जर्सी राज्यको नेवार्क शहरको बन्दरगाहमा प्रहरीले कोलम्बियाको बुएनाभेन्टुरा शहरबाट बेल्जियम लैजानका लागि अघिल्लो महिना अमेरिकी बन्दरगाहमा ल्याइएको पानीजहाजको कन्टेनरमा लागूऔषध बरामद गरेको हो ।

ड्राइफ्रुट राखिएको भनिएको सामानको कन्टेनरमा टाँचा बिग्रिएको भेटिएपछि प्रहरीले त्यहाँ शंकास्पद वस्तु रहेको छापा मारेको थियो । छापा मारेपछि त्यहाँ ६० वटा पोकामा डेढ टन सेतो धूलो फेला परेको थियो । लागूऔषध नियन्त्रण प्रहरीले परीक्षण गरेपछि सेतो धूलो कोकिन भएको प्रमाणित गरिएको थियो ।

उक्त कोकिनको बजार मूल्य ७ करोड ७० लाख अमेरिकी डलर (नेपाली रुपैयाँ ८ अर्ब ५० करोड) मूल्य बराबरको रहेको बताइएको छ ।

अमेरिकामा बरामद गरिएको २५ वर्षयता यो सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद गरिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १२ : ०६ बजे

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण