बर्डफ्लुको संक्रमण देखिएपछि कुखुरापालकलाई जैविक सुरक्षा सचेतना « Khabarhub

बर्डफ्लुको संक्रमण देखिएपछि कुखुरापालकलाई जैविक सुरक्षा सचेतना


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काभ्रेपलाञ्चोक– केन्द्रीय राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि काभ्रेका भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रले कुखुरापालक किसानलाई जैविक सुरक्षा (बायो सेक्युरिटी) सचेतना अभियान थालेको छ ।

प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दै आएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै आएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताए । उनले भने, ‘हाम्रो प्राविधिक संलग्न टोलीले किसानको फार्ममै पुगेर जथाभावी कुखुराको खोरमा आवतजावत नगर्ने, विसङ्क्रामक (डिस्इन्फेक्टेन्ट) औषधि छर्ने विधि र कुखुरा हेरालुलाई समेत पर्याप्त सुरक्षा सावधानी अपनाउने विधि सिकाइरहेका छौँ ।’ उनका अनुसार हालसम्म जिल्लाको कुनै पनि क्षेत्रमा बर्डफ्लुजन्य सङ्क्रमण भेटिएको छैन ।

केन्द्रले जिल्लास्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को निर्देशनमा गत चैत दोस्रो साता काभ्रेपलाञ्चोकको तीन नाका साँगा, नाला र मङ्गलटारमा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेकप्वाइन्ट राखेको छ ।

चेकप्वाइन्टमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटेनरी एशोसिएसनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइने गरिएको केन्द्रप्रमुख डा शाहले जानकारी दिए ।

चेकप्वाइन्टमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रयोगशालामा पठाइने गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १० : ४७ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान