भन्सारबाट सामान ढुवानी गर्दा विवरण नबुझाए ५० हजार जरिवाना « Khabarhub

भन्सारबाट सामान ढुवानी गर्दा विवरण नबुझाए ५० हजार जरिवाना


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व अनुसन्धान विभागले मालबहाक गाडीबाट सामान ओसारपसारलाई व्यवस्थित बनाउनका लागि वेव पोर्टल कार्यान्वयनमा ल्याएको छ । राजस्व अनुसन्धान विभागले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी मालबहाक गाडीबाट सामान ओसारपसारको कामलाई सहज बनाउने उद्देश्यका साथ तयार पारिएको वेब पोर्टल असार १ गतेबाटै संचालनमा ल्याइएको जानकारी दिएको हो ।

परीक्षणको रुपमा सुरु गरिएको यो पोर्टल श्रावणबाट पूर्ण रुपमा लागू हुने पनि विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । यो पोर्टल पूर्ण रुपमा लागू भएसँगै विभाग अन्तरगतको मागबाहक गाडी चेकजाँचमा पोष्टहरु हटाइनेछ । ढुवानी कम्पनी, व्यवसायी वा आयातकर्ताले मालसामान ढुवानी गर्नुअघि त्यसको विवरण सो वेव पोर्टलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएकाले पनि त्यसपछि चेकजाँच गरिरहन नपर्ने विभागका महानिर्देशक मैनालले बताए ।

विभागले सो वेव पोर्टलमा मालसामानको विवरण नबुझाई ढुवानी गरेको पाइएमा त्यस्ता आयातकर्तालाई पहिलो पटक ५० हजार र अरु पटक पनि दोहोरिए १ लाखका दरले जरिवाना लिने व्यवस्था पनि गरेको छ । विभागका महानिर्देशक मैनालीले सामानको विवरण सो वेब पोर्टलमा नबुझाई आन्तरिक रुपमा सामान ओसारपसार गर्नेहरुलाई राजस्व छली सम्बन्धि अन्य कार्वाही पनि हुने स्पष्ट पारे । सरकारले चोरी निकासीलाई नियन्त्रण गर्न यो वेव पोर्टलको पनि व्यवस्था गरेको हो ।

यसैबीच, विभागले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म भन्सार छली गरेर ६६ केजी ४ सय ग्राम सुन बरामद गरिएको पनि जनाएको छ । विभागका महानिर्देशक मैनालीले विभागमा राजस्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान सम्पन्न गरि मुद्दा दायर गरिएको पनि बताए । विभागले विदेशी विनिमय अपचलन तथा हुण्डीको कसुरमा ५ अर्व ११ करोड विगो कायम गरी विगोको तेब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद माग दावीसहित जिल्ला अदालतमा मुद्दा पनि दायर गरेको छ । सो अवैध कारोबारमा १ सय ४ जना अभियुक्तहरु नियन्त्रणमा लिइएको पनि विभागका महानिर्देशक मैनालीले बताए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ५६ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको