पत्रकार वानियाको प्रश्न–ओली, प्रचण्ड वा देउवाका नाममा कसैले पासो लगायो भने के गर्ने ? « Khabarhub

पत्रकार वानियाको प्रश्न–ओली, प्रचण्ड वा देउवाका नाममा कसैले पासो लगायो भने के गर्ने ?


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व टेलिभिजन पत्रकार प्रेम वानियाले भिडियोका आधारमा मात्र रवि लामिछानेमाथि कारवाही हुन नहुने बताएका छन् ।
न्यूज २४ का पूर्व पत्रकार वानियाले शालिकराम पुडासैनीको भिडियो सार्वजनिक गर्नेमाथिसमेत कारवाहीको माग गरेका छन् ।

हाल अमेरिकामा बसोवास गर्दै आएका वानियाले सामाजिक सञ्जालमा केही विषय उठान गर्दै‌ न्यायका निमित्त जहाँ सुकैबाट बोल्नु पर्ने बताएका छन् ।

यस्तो छ उनको स्टाटस

रवि लामिछाने प्रकरणमा प्रचलित कानुनको सम्मान गर्दै …

नम्बर १, आत्महत्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो ? उसलाई कारबाही हुनुपर्छ कि पर्दैन ? यो त अनुसन्धानको विषय थियो र प्रहरी अधिकारीबाहेक अरु कसैले यो सार्वजनिक गर्नै सक्दैन/मिल्दैन ! यदि अपराध पुष्टि भयो भने मात्रै प्रहरीले यसलाई सार्वजनिक गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन किन भुलियो ? कुल २३ मिनेटको भनिएको भिडियोमा खोई बाँकी भिडियो ? अरु पनि त आरोपित हुनसक्छन् ?

नम्बर २, भोलि, कोही कसैले कथम्कदाचित, प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका नाममा तिम्रा कारण मैले आत्महत्या गरेको हूँ भनेर पासो लगायो भने उहाँहरु जेल जानुपर्छ कि पर्दैन ?

नम्बर ३, जनहितसम्वन्धि कार्यक्रम प्रशारणको अन्तिम तयारीमा रहेकावेला एउटा पत्रकारलाई कार्यक्रम नै प्रस्तुत गर्न नदिई न्यूजरूमबाट केवल डेढ घण्टाअगाडि टेलिभिजन स्टेशनमै गएर पक्राउ गर्दा के त्यो न्यायिक हुन्छ ? जबकि उसले सार्वजनिकरुपमा भनिसकेको छ ‘यदि म दोषि ठहरिए कानुनबमोजिम कारबाही भोग्न तयार छु ।’ भोलि फेरि कसैलाई यस्तै पर्यो भने … ???

नम्बर ४, नेपाली पत्रकारितामा यो ‘ग्याङ्फाइट’को इतिहासले नेपाली समाजलाई अति-तल गिराएको छ, यसमा हाबि अतिवाद् रबिजी बिरोधी र समर्थकले समाजको रंग कुरुप देखिएको छ ! अब एउटा बिन्दूमा हामी सबै मिलौं । पत्रकारिता अब सूत्रभन्दा माथि आयो कृपया, सबैले बुझौं ।

यी चार सवालहरुका साथ हामी संसारभरबाट बोल्न तयार छौं । के यी प्रश्नहरु गलत छन् ? अब दुनियाँ साँघुरो भइसक्यो । हामी न्यायका निम्ति जहाँसुकैबाट बोल्न तयार छौं ।

कृपया रबिजीलाई ‘अतिदेवत्वकरण र अति राक्षसिकरण नगरौं’ संयमतापूर्वक सम्मानित अदालतको निर्णयको प्रतीक्षा गरौं ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १२ : ५९ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा