अवैध टहरा भत्काउँने नगरपालिकाको अभियानमा स्थानीयको विरोध « Khabarhub

अवैध टहरा भत्काउँने नगरपालिकाको अभियानमा स्थानीयको विरोध


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँ–बायाँ सामुदायिक वन मासेर निर्माण गरेको अवैध घरटहरा भत्काएपछि स्थानीय साना व्यवसायी विरोधमा उत्रिएका छन् ।

वन क्षेत्रमा अवैधरूपमा निर्माण गरी सञ्चालन भएको २० व्यावसायिक घरटहरा नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि यहाँका साना तथा मझौला व्यवसायीले विरोध गरेका हुन् । नगरपालिकाले अटेर गरेर सञ्चालनमा रहेका थप अवैध टहरा भदौ २ गतेदेखि भत्काउन माइकिङ गरे पनि व्यवसायीहरुले नगरपालिकाले विकल्प नदिई हटाउन नहुने भन्दै विरोध गरेका छन् ।

नगरपालिकाको अवैध टहरा हटाउने अभियानविरुद्ध अवैधरूपमा सञ्चालित होटल तथा रेष्टुरेष्ट सञ्चालकलाई सत्तापक्षबाहेकका दलहरुले साथ दिएका छन् । शनिबार नगरकोट बसपार्कमा साना तथा मझौला व्यवसायीको नेतृत्वमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, क्रान्तिकारी माओवादीलगायत राजनीतिक दल र स्थानीय व्यवसायीले विरोध र्‍यालीसहित कोणसभाको आयोजना गरी नगरपालिकाको अवैध टहरा हटाउने अभियानको विरोध गरेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीय सरकारले जनताको भावनाविपरीत उनीहरु बस्दै र व्यवसाय सञ्चालन गर्दै आएको टहरा भत्काएर जनताको भावनालाई कुल्चिएको आरोप लगाए ।

नगरकोट बजार क्षेत्रमा काठमाडौँ, भक्तपुर र काभ्रेमा समेत गरी करीब ३ सय घरटहरा वनको जग्गा अतिक्रमण गरी बनेका छन् । यी जिल्लाका वन कार्यालय, जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहले अतिक्रमण गरी घरटहरा भत्काउन सूचित गरेपनि स्थानीयवासीले भत्काएका छैनन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ०६ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख