ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु « Khabarhub

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ रिहारमा विपरीत दिशाबाट आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो रिहारबाट पश्चिमतर्फ गइरहेको रा१प ११३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–५ धर्नाका ४२ वर्षीय विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादो बस्ने ४५ वर्षीय रमेश बस्नेत रहेका छन् ।

विनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र रमेशको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सवारी दुर्घटनामा संलग्न ट्रकलाई लमही–८ मा रहेको पाण्डेश्वर क्रसर उद्योगबाट नियन्त्रणमा लिइएको छ भने चालक हाल फरार रहेको र खोजी भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ५३ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा