एनआरएनएको चुनाव शुरु « Khabarhub

एनआरएनएको चुनाव शुरु


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु भएको छ ।

विहीवार(आज) विहान सवा १० बजेबाट मतदान शुरु भएको हो ।

बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।
संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ११ : ०७ बजे

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।