‘ए मेरो हजुर ३’ मा झरनाले नसोचेको ‘ओभरफ्लो’, प्रतिक्रियाले सुहाना मख्ख « Khabarhub

‘ए मेरो हजुर ३’ मा झरनाले नसोचेको ‘ओभरफ्लो’, प्रतिक्रियाले सुहाना मख्ख


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ वर्षको अवसर पारेर रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ को व्यापार आक्रामक भइरहेको छ । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मले हलमा भने कमालको व्यापार गरिरहेको छ ।

फिल्म विश्लेषकहरुले ‘ए मेरो हजुर ३’ यो हप्ता यस्तै व्यापार गर्ने अनुमान गरेका छन् । फिल्मले चार करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ । फिल्मकी निर्देशक झरना थापाले यो फिल्मले दर्शकको चित्त बुझाउनेमा पहिले नै विश्वस्त भए पनि यतिसम्म हाउसफूल होला भनेर नसोचेको खबरहबलाई बताइन् ।

थापाका अनुसार यो फिल्मले पहिलो हप्ता हाउसफूल भएको छ भने मल्टिप्लेक्स हलमा पनि व्यापक ‘शो’ पाएको छ । फिल्ममा अनमोल केसी र सुहाना थापाको केमेष्ट्रीलाई रुचाइएको छ ।

‘राम्रो फिल्म बनाएपछि फिल्म चल्छ भन्नेमा त म ढुक्क नै थिएँ, तर यसरी पहिलो हप्ताभरि नै हाउसफूल होला र दर्शकले यसरी निरन्तर चासो देखाउनुहोला भन्ने लागेको थिएन,’ झरनाले खबरहबसँग भनिन्, ‘छोरी सुहाना पनि कामको प्रशंसाले मख्ख छिन्, हाम्रो लगानी सुरक्षित भइसक्यो ।’

झरनाले ‘ए मेरो हजुर’ ब्रान्ड भएकाले पनि दर्शकले हेर्न हलसम्म आएको र फिल्म रुचाएको बताइन् । यो फिल्म झरना थापाको दोस्रो निर्देशन हो ।

‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापाको केमेष्ट्री देख्न सकिन्छ भने फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा सुनीलकुमार थापाको लगानी छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ११ : ३२ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका