विश्वकप छनोटको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी « Khabarhub

विश्वकप छनोटको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल कुवेतसँग ८ विकेटले विजयी भएको छ ।

कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनरद्वय रित गौतम र पवन सर्राफले ९३ रनको साझेदारी गरे । दुवै जनाले अर्ध सतक पूरा गरे ।

पहिलो विकेटका रुपमा आउट भएका पवनले ६१ बलमा ८ चौका र १ छक्कासहित गरी ५३ रन बनाए भने रितले ८४ बलमा ६२ रन बनाए । रितले ७ चौका प्रहार गरेका थिए ।

नटआउट रेका आसिफ शेखले २० खेल्दै ३१ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । नटआउट रहेका अर्का ब्याट्सम्यान सन्दिप जोराले ३ बलमा ५ रन जोडे । सन्दिपले १ चौका प्रहार गरेका थिए ।

कुवेतका हानोद अमानुल्लाह र अब्दूल सदिकले १–१ विकेट लिए ।

कुवेतलाई १ सय ५७ रनमा समेट्ने क्रममा कप्तान रोहित पौडेलले ३ विकेट लिए । यस्तै, रसिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २–२ विकेट लिए ।

कुवेतसँगको अन्तिम खेलमा जीत हात पारेपनि आईसीसी यु–१९ विश्वकप खेल्ने नेपालको संभावना समाप्त भइसकेको छ ।

युएईले ओमानलाई हराएसँगै नेपालको विश्वकप खेल्ने संभावना सकिएको हो ।

ओमानसँगको अन्तिम खेलमा युएईले १० विकेटको जीत निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो ।

छनौट प्रतियोगितामा सम्मेलिन ६ टोलीमध्ये शीर्ष स्थानमा रहने टोली मात्रै विश्वकप खेल्न पाउने नियमानुसार युएईले विश्वकका लागि स्थान पक्का गरेको हो ।

वर्षाका कारण प्रभावित भएको युएईसँगको खेलमा डेएल मेथडका आधारमा १ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  २ : ३६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार