चिनियाँ कम्पनीले चासो नदिएपछि बुढागण्डकी आयोजनामा सरकारले गर्‍यो नयाँ निर्णय | Khabarhub Khabarhub

चिनियाँ कम्पनीले चासो नदिएपछि बुढागण्डकी आयोजनामा सरकारले गर्‍यो नयाँ निर्णय


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम स्वदेशी र आवश्यकताअनुसार विदेशी कम्पनीहरुको संयुक्त लगानीमा अगाडि बढाउने गरी नयाँ मोडेल अगाडि सारेको छ ।

यसअघिको सरकारले स्वदेशी लगानीमै आयोजना निर्माण गर्ने भनेर  गरेको निर्णय उल्टाउँदै चिनियाँ कम्पनीलाई दिइएको बुढीगण्डकी पुनः स्वदेशी र विदेशी कम्पनीको संयुक्त लगानी (ईपीसीएफ) मोडलमा अगाडि बढाउन लागिएको हो ।

चिनियाँ कम्पनी गेजुवाले निर्माणमा चासो नदिएपछि सरकारले बुढीगण्डकी निर्माणको सन्दर्भमा नयाँ मोडल अगाडि सारेको हो ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सो आयोजनाको कामलाई अघि बढाइन लागिएको पनि बताए ।

स्वदेशी र आवश्यक परेको खण्डमा विदेशी कम्पनीले लगानी गर्न सक्ने गरी (ईपीसीएफ) मोडलमा सो आयोजना अघि बढाउने तयारी गरिएको मन्त्री पुनले जानकारी दिए ।

हालसम्म आयोजनाको कामलाई अघि बढाउने गरी ड्याम साइटको मुआब्जा वितरण गर्ने काम सम्पन्न गरिएको मन्त्री पुनको भनाइ छ ।

मन्त्री पुनले सो आयोजनाको लागि २५ अर्वको मुआब्जा वितरण गरिएको बताए । गोर्खाको आरु घाटलगायतका बजार क्षेत्रको मुआब्जा वितरणको काम विवादमा आएकाले त्यसलाई समाधान गर्न प्रयास पुनले बताए ।

समितिको बैठकमा मन्त्री पुनले अदालत र छानबिन समितिमा विचाराधिन अवस्थामा रहेकाले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महशुल तत्काल उठाउन सकिने अवस्था नरहेको बताए ।

८ वटा उद्योगहरुबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनको ९ अर्ब बक्यौता रकम उठाउन बाँकि रहेको मन्त्री पुनले बताए ।

सरकारले सो महशुलबारे यकिन गर्न छानबिन समिति पनि गठन गरेको छ । मन्त्री पुनले छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सो महशुल उठाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १२ : ५६ बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका