युईएफएका पूर्व अध्यक्ष प्लाटिनी पक्राउ « Khabarhub

युईएफएका पूर्व अध्यक्ष प्लाटिनी पक्राउ


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएका पूर्व अध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युईएफएमा भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा उनलाई फ्रान्स प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

प्लाटिनीलाई पेरिसबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्रक्राउपछि फ्रान्सका पूर्व लिजेण्ड ६३ वर्षीय प्लाटिनीलाई हिरासतमा राखिएको छ ।

कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्न अनुमति दिने क्रममा प्लाटिनीले ठूलो भ्रष्टाचार गरेको आरोप छ । तर, उनले पटक–पटक आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्लाटिनी अहिले फुटबलमा ८ वर्षको प्रतिबन्ध खेपिरहेका छन् । फिफाले तीन वर्षअघि पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष रहेका प्लाटिनीलाई ८ वर्षको प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु