चट्याङले भेडा मर्दा १० लाख बराबरको क्षति « Khabarhub

चट्याङले भेडा मर्दा १० लाख बराबरको क्षति


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।

शुक्रबार राति ११ :३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करिब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए। सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् ।

लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

एक वटा भेडाको मूल्य १५ हजारदेखि २५ हजार रुपैयाँ छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : २४ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा