ललितपुर महानगरले खुलायो पर्यटक पार्किङ स्थलको ताला « Khabarhub

ललितपुर महानगरले खुलायो पर्यटक पार्किङ स्थलको ताला


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले १८ महिनापछि पलेस्वाः पुखु निर्माण सुरु गर्ने निर्णय सार्वजनिक गर्दै पर्यटकको सवारी साधन पार्किङ स्थलको ढोकामा लगाएको ताला खोलेको छ ।

महानगर कार्यलय भवनको पछापट्टि रहेको करिब ५ रोपनी जग्गामा नः त्वाः सुधार समितिले साउन १ गतेबाट ताल्चा लगाएको थियो । असार महिनाभरी समितिले नै सो स्थानमा पार्किङ सञ्चालन गरेको थियो ।

महानगरले टेन्डर प्रक्रियामार्फत आएको समूहलाइ पार्किङ संचालनको स्वीकृति दिएपछि उक्त समितिले त्यस पार्किङ स्थलमा पोखरी नै निर्माण गर्ने माग अघि सारेको हो ।

महानगरले आइतवार एक कार्यक्रम गरी आगामी मंगलवार डीपीआर र इआइए कार्य सुरु गर्ने उल्लेख गरेको छ । पर्यटक भ्रमण वर्ष २०२० लाइ लक्षित गरी यस स्थानमा केही समय पार्किङ नै संचालन गर्न लागेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।

‘पाटन दरवार क्षेत्र प्रवेश गर्नु मुख्य मार्ग पुल्चोक हो’ उनले भने ‘महानगरको अन्यत्र त्यस्तो खुल्ला ठाउँ छैन त्यसैले त्यो समयसम्म पार्किङ नै सञ्चालन गर्न लागेका हौँ’ । साथै उनले पोखरीको ठाउँमा चिरकाल पर्यन्त पार्किङ सञ्चालन गर्ने योजना नबनाएको पनि प्रष्ट पारे ।

यसअघि वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा दुइ सदस्यीय वार्ता समिति समेत गठन गरिएको थियो । महानगरलाइ मासिक ४० हजार रुपैयाँ तिर्ने गरी टेण्डर सम्झौता गरेर उक्त समितिले पार्किङ सुरु गरेको थियो ।

सोही अवधिमा भएको टेण्डर सम्झौता अनुसार प्रत्येक वर्ष निश्चित प्रतिशत बढ्दै जाँदा यो गत असार मसान्त सम्म ५७ हजार पुगेको थियो । जुन अहिलेसम्मको अत्यन्तै न्यून पनि हो ।

उक्त पार्किङ स्थलको लागि १ लाख ६१ हजारको टेण्डर प्राप्त भएको छ । नः त्वाः सुधार समितिको पार्किङ सञ्चालन गर्ने समय अवधि असार मसान्तमा सकिने भएकाले महानगरले जेठ १० गते नै राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर सूचना प्रकाशित समेत गरेको थियो ।

महानगरका अनुसार टेण्डर आव्हान गर्दा नः त्वाः सुधार समिति भने टेण्डरमा सहभागि भएन । पार्किङ सञ्चालन भएको स्थान २०२१ सालसम्म पोखरी थियो । जहाँ टिकाभैरवदेखि राजकुलोबाट पानी आउँथ्यो । वस्ती विस्तारभएसँगै राजकुलो मासिएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ०० बजे

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई