सिन्धुपालचोकको गुन्सामा एक युवकको बिभत्स हत्या « Khabarhub

सिन्धुपालचोकको गुन्सामा एक युवकको बिभत्स हत्या


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ गुन्सामा गएराति एक युवाको बिभत्स हत्या भएको छ ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाकै बिजय गोलेको गएराति सवा १० बजे शिर छेदन गरी हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

सोहि गाउँपालिकाकै बर्ष २३ का मिलन स्याङ्बो र बर्ष २४ का बमबहादुर स्याङबोले हत्या गरी फरार भएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

फरार रहेका २ अभियुक्तको खोजिकार्य जारि रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी माधब प्रसाद काफ्लेले जानकारी दिए ।

शवको पोष्टमार्टमका लागि मेलम्ची ल्याइएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए। बिहीबार दिउँसो सामान्य विबाद भएको त्यहि विबादलाइ लिएर बेलुका माधक पदार्थ सेवन गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : २९ बजे

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका