यस्तो छ मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका « Khabarhub

यस्तो छ मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रनिनिधिसभा सदस्यतर्फ कास्की–२ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै प्रदेशसभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र–१, बागलुङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र– २ र दाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा निर्वाचन क्षेत्र–२ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका छ ।

सोही दिन दिउँसो १ः३० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ देखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

त्यस्तै, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समयसहितको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

यसैगरी स्थानीय तहतर्फ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख, पाचँथर जिल्लाको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, संखुवासभा जिल्लाको मकालु गाउँपालिका अध्यक्ष र महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

यस्तै, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षसहित विभिन्न ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका विभिन्न वडाका वडा अध्यक्ष–४३ गरी जम्मा ४८ रिक्त पदका लागि हुने उपनिर्वाचनका निम्ति कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका छ ।

कात्तिक २७ गते दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

यस्तै कात्तिक ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, ३० गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय सहितको निर्वाचन कार्यक्रम आयोगले तयार पारेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ