६३ वर्षे साहसिक किसान जसले ज्यान जोगाउन आफ्नै खुट्टा काटे « Khabarhub

६३ वर्षे साहसिक किसान जसले ज्यान जोगाउन आफ्नै खुट्टा काटे


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– ज्यान नै जोखिममा परेका बेला मानिसले केसम्म गर्न सक्छन् ? मानिसको बाँच्ने अभिलाषा कतिसम्म हुन्छ र जीवन–मृत्युको दोसाँधमा रहेका बेला मानिसले कतिसम्मको सहासिक निर्णय लिनुपर्ने हुनसक्छ भन्ने उदाहरण अमेरिकाको नेब्रास्का राज्यका एक किसानले दिएका छन् ।

उनले जीवन बचाउनका लागि आफ्नो खुट्टा नै काट्नेसम्मको निर्णय लिन पुगे । खासमा नेब्रास्का राज्यको पेन्डर शहर नजिक काम गर्ने किसान ६३ वर्षीय कर्टिस केजर खेतमा अन्न जम्मा पार्ने मेसिनमा काम गरिरहेका थिए । अनजानवश त्यही बेला उनको बायाँ खुट्टा अन्न राख्ने मेसिनमा पर्यो । मेसिनमा उनको खुट्टा परेसँगै उनलाई असह्य पीडा भइरहेको थियो । उनले त्यहाँबाट आफ्नो खुट्टा झिक्ने अनेक प्रयास गरे, जुन सफल हुन सकेन ।

उनले जतिसक्दो छिटो सहयोगको याचना गर्नुपर्ने थियो । आसपास कोही नभएकाले उनले सहयोगका लागि फोन गर्ने प्रयास गरे । दुर्भाग्यवश त्यहीबेला उनको साथमा फोन पनि थिएन । त्यसपछि उनले आफ्नो जीवनको सबैभन्दा ठूलो निर्णय लिए, उनले अब जीवनलाई अघि बढाउनका लागि मेसिनमा फसेको खुट्टा काट्ने निकै नै सहासिक निर्णय लिए । किसान भएकाले उनको खल्तीमा ३ इन्चको चक्कु भने थियो । त्यसपछि उनले खल्तीबाट त्यही चक्कु झिकेर खुट्टा काटे ।

खुट्टा काटेपछि उनी हातले घिस्रँदै घरसम्म पुगे । त्यसपछि हेलिकोप्टरबाट उनलाई अस्पताल लगियो । एक साताको अस्पताल बसाईपछि उनलाई फिजिकल थेरापीका लागि अर्को अस्पताल रिफर गरियो । खुट्टा गुमेपनि उनी बाँच्न भने सफल भए । हालै भएको घटनापछि उनी अहिले श्रीमतीसँग घरमा आराम गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । दुबै दम्पत्ती अहिले त्यस दुर्घटनालाई भुलाउने प्रयासमा छन् । उनले निकट भविष्यमै आफू खेतिपातीमा पुनः फर्किने जनाएका छन् । उनले आफूजस्तै अन्य किसानलाई काम गर्दा निकै सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ९ : १३ बजे

ओली-प्रचण्ड भेट, पद्मा भन्छिन्- एकता र सहकार्यको कुरा भएको छैन

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

एजेन्सी– हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका

बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि