बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा आइतबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुनेमध्ये एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का अन्दाजी ४० वर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् ।

घटनास्थल अहिले प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी नेतृत्वको टोली पुगेको छ । जीप दुर्घटनाको कारण खुलेको छैन् । जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार