गुठी विधेयकप्रति खबरदारी सभा, माइतीघर मण्डलामा विशाल जनप्रदर्शन (फोटो फिचर) « Khabarhub

गुठी विधेयकप्रति खबरदारी सभा, माइतीघर मण्डलामा विशाल जनप्रदर्शन (फोटो फिचर)


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता गरेपनि खबरदारीका लागि माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिएको छ । खबरदारी सभामा राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहितको जुलुस निकालिएको थियो । गुठी विधेयक विरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमले गरेको खबरदारी सभामा सहभागी हुन विभिन्न स्थानबाट जुलुस निकालिँदा राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो।

सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीको परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार सहभागिताका लागि खबरदारी गर्न खबरदारी सभा गरिएको आयोजकको भनाइ छ । सम्पदाप्रेमीहरुले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलतासमेत भनेका छन् ।संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले माइतीघर मण्डलमा खबरदारीसहितको जनप्रदर्शन गरिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको बताए ।

ओली सरकारले पछिल्लो समय ल्याएका विभिन्न विधेयकको विरोध भइरहँदा गुठी विधेयकविरुद्धको प्रदर्शन भने चर्कदै गएको छ । यो जनप्रदर्शनलाई ओली सरकारविरुद्धको पहिलो र ठूलो प्रदर्शनको रुपमा पनि लिइएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ११ : ५२ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको