गण्डकीका मुख्यमन्त्री भन्छन्– पाँच वर्षमा देखिने गरी विकास हुन्छ « Khabarhub

गण्डकीका मुख्यमन्त्री भन्छन्– पाँच वर्षमा देखिने गरी विकास हुन्छ


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षभित्रमा देखिने गरी विकास गर्ने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताएका छन्।

६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पोखरा–२२ पुम्दीभुम्दीस्थित फुस्रेखोलामाथि निर्माणाधीन पुलको मंगलवार शिलान्यास गर्दै उनले परिवर्तित संरचनानुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट हुनुपर्ने बताए । गुरुङले प्रदेशलाई आफ्नाे पाँचवर्षे कार्यकालमा विकास तथा समृद्धियुक्त बनाउन आफूहरु प्रयासरत रहेको बताए ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले यस आर्थिक वर्षमा गण्डकी प्रदेशभित्र ७० मोटर चल्ने पुल बन्न लागेको जानकारी दिँदै तोकिएकै समयमा गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । प्रदेशका मुख्य सचिव लक्ष्मीप्रसाद पौडेलले गुणस्तरीय निर्माणका लागि स्थानीयवासी सचेत रहनुपर्ने बताए ।

फुस्रेखोला चिसापानी सडकखण्डमा निर्माणाधीन ३८ मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त पुल गण्डकी प्रदेश सरकारको रु तीन करोड ९८ लाख ४८ हजारको लागतमा बन्न लागेको हो । पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले सो पुल निर्माणसँग यस क्षेत्रको कृषि उत्पादन बजारीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नेकपाका नेता लीलाधर पौडेल, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा लगायतले पुल निर्माणसँगै यस क्षेत्रलाई स्याङ्जास्थित सिद्धार्थ राजमार्गसँग जोड्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ४५ बजे

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको