१७ सय लिटर अवैध घरेलु मदिरा नष्ट | Khabarhub Khabarhub

१७ सय लिटर अवैध घरेलु मदिरा नष्ट


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले तयारी अवस्था तथा कच्चा पदार्थ गरी १ हजार ७ सय ५० लिटर अवैध मदिरा नष्ट गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ता र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–५ स्थित विसुन महतोको घरबाट उक्त परिमाणमा मदिरा बरामद गरेको हो ।

प्रहरीका अनुसार महतोको घरबाट १ सय ५० लिटर तयारी अवस्थाको अवैध मदिरा र १ हजार ६ सय लिटर मदिरा बनाउन प्रयोग भएको कच्चा पदार्थ नस्ट गरिएको छ ।

महतोले घरमा नै अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गर्दै आएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ११ : ०६ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते