मेलम्ची आयोजनाबारे सल्लाह सुझाव दिन विज्ञ समूह गठन « Khabarhub

मेलम्ची आयोजनाबारे सल्लाह सुझाव दिन विज्ञ समूह गठन


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ ।

खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसँग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरिएको हो ।

पाँच सदस्यीय विज्ञ समूहमा पूर्व सचिवहरु विरेन्द्रबहादुर देउजा, हरेराम कोइराला, सुमनप्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहनु भएको प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।

प्रवक्ता शाक्यकाअनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरुलाई समाधान गर्न र आयोजनालाई द्रुत गतिमा अगाडि बढाउन विज्ञ समूहले आवश्यक सल्लाह सुझाव र परामर्श दिनेछ ।

मेलम्चीको साथसाथै विज्ञ समूहले अन्य खानेपानी आयोजनाको क्षेत्रमा समेत आवश्यक सल्लाह र परामर्श दिन सक्ने प्रवक्ता शाक्यले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : १० बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक