मेलम्ची आयोजनाबारे सल्लाह सुझाव दिन विज्ञ समूह गठन | Khabarhub Khabarhub

मेलम्ची आयोजनाबारे सल्लाह सुझाव दिन विज्ञ समूह गठन


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ ।

खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसँग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरिएको हो ।

पाँच सदस्यीय विज्ञ समूहमा पूर्व सचिवहरु विरेन्द्रबहादुर देउजा, हरेराम कोइराला, सुमनप्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहनु भएको प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।

प्रवक्ता शाक्यकाअनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरुलाई समाधान गर्न र आयोजनालाई द्रुत गतिमा अगाडि बढाउन विज्ञ समूहले आवश्यक सल्लाह सुझाव र परामर्श दिनेछ ।

मेलम्चीको साथसाथै विज्ञ समूहले अन्य खानेपानी आयोजनाको क्षेत्रमा समेत आवश्यक सल्लाह र परामर्श दिन सक्ने प्रवक्ता शाक्यले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : १० बजे

अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागमै, जिल्ला प्रशासन जानु नपर्ने

काठमाडौं– अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री