चोरीमा संलग्न ४ जना पक्राउ « Khabarhub

चोरीमा संलग्न ४ जना पक्राउ


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– खनियावास गाउँपालिका-४ किङताङफेदीस्थित कस्मेटिक पसलबाट विभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने २२ वर्षीय केवल थापा मगर‚ १८ वर्षीय मिलन राना मगर‚ १८ वर्षीय मनिष थापा मगर र नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने बर्दिया घर भएका २२ वर्षीय राजकुमार चौधरी रहेका छन् ।

२०७६ साउन २२ गते त्रिपुरासुन्दरी गाउँपालिका-६ आगिन्चोक बस्ने भिमसेन भण्डारीको कस्मेटिक पसलबाट नगद १० हजार रुपैयाँ‚ नेपाल टेलिकमको रिचार्ज कार्ड ५० दरको ३० थान‚ क्याप ६ पिस‚ रुमाल १० पिस‚ हापकट्टु ३ पिस‚ टिसर्ट ६ पिस‚ हेण्डीप्लास्ट टेप १ डिब्बा‚ ३ सय ५० दरको डिसहोमका रिचार्ज कार्ड ८ थान‚ एनसेलको १ सय दरको रिचार्ज कार्ड १५ थान लगायतका सामानहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेकाहरु उपर चोरी मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ३७ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं