सम्पत्ति शुद्धीकरण र आतंकवाद निवारण सम्बन्धी तालिम लिन नेपाली अधिकारी भारतमा « Khabarhub

सम्पत्ति शुद्धीकरण र आतंकवाद निवारण सम्बन्धी तालिम लिन नेपाली अधिकारी भारतमा


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको अनुरोधमा भारतको फरिदावाद शहरमा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष तालिम शुरु भएको छ ।

सोमबारबाट भारतको फरिदावाद शहरस्थित ‘नेशनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेस एण्ड नार्कोटिक्स’ मा ६ दिने तालिम शुरु भएको हो ।

‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भारत सरकारको सहयोगमा सञ्चालन गरिएको तालिममा २० नेपाली अधिकारीको सहभागिता छ ।

यस अन्तर्गत नेपालका विभिन्न नियामक निकायका कूल ६० अधिकारीहरुलाई तालिम दिइनेछ । उक्त तालिमको हरेक चरणमा २० अधिकारी सहभागी रहने तथा अन्य चरणका तालिमहरु आगामी अक्टोबर र डिसेम्बरमा सञ्चालन हुनेछ ।

यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिविृद्ध गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ३१ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन