प्रहरीमाथि हातपातका विषयमा पूर्वयुवराज पारसले मागे माफी | Khabarhub Khabarhub

प्रहरीमाथि हातपातका विषयमा पूर्वयुवराज पारसले मागे माफी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको घटनाप्रति माफी मागेका छन् ।

उपचारका लागि बैंकक जाँदै गरेकी आमा कोमललाई बिदाइ गर्न विमानस्थल पुगेका उनले ड्युटीमा रहेका प्रहरी नायव उपरीक्षकमाथि हातपात गरेका थिए । उक्त घटनालाई लिएर सर्वत्र आलोचित बनेका शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा उनका छोरा हृदयेन्द्र शाह र बहिनी पेरणाका छोरालाई दुव्र्यवहार गरेको देख्दा आफूबाट उक्त घटना हुन गएको स्वीकार गर्दै सम्बन्धित पक्षसँग क्षमा मागेका छन् ।

आफ्नो छोराको अनुहार अगाडि प्रहरीको डण्डा देखेपछि आफूले नराम्रो महसुस गरेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘कुनै पनि नेपाली बाबु यदि मेरो स्थानमा रहेको भए त्यसै गर्थे ।’

उनले विमानस्थलमा आफूबाट हुन गएको घटनाबारे निर्णय लिने जिम्मा नेपाली जनतालाई दिएका छन् ।

उनका समर्थकले राजतन्त्रको नारा लगाउँदै गरेका बेला उनी भने सुरक्षार्थ खटिएका प्रहरीमाथि नै जाइलागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ५९ बजे

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु

पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग

काठमाडौं– पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण