क्रोएसियामा कमलले जिते दोहोरो स्वर्ण « Khabarhub

क्रोएसियामा कमलले जिते दोहोरो स्वर्ण


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली उमा कुङफु खेलाडी कमल मगरले विश्व मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका छन् ।

क्रोएसियामा भएको प्रतियोगितामा कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघले जनाएको छ । कमलले थप एक कांस्य पनि हात पारे ।

त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कांस्य हात पारे । प्रतियोगितामा विभिन्न २३ राष्ट्रका ६ सय भन्दा बढी खेलाडीले सहभागिता जनाएको उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।

पदक विजेता टोलीलाई अध्यक्ष लामासहित उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भुपेन्द्र गुरुङ, सदस्य आनन्दकुमार यादव, गुण गुरुङलगायतले बिहीबार स्वागत गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : ०५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते