गोलभेडाले फेरियो जीवनशैली | Khabarhub Khabarhub

गोलभेडाले फेरियो जीवनशैली


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेडा खेती गर्न थालेपछि किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेडा खेतीका लागि नमूना किसान बनेका छन् ।

गोलभेडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभेडा खेतीबाट चालू आवको दुई महिनाको अवधिमा ५० लाखको गोलभेडा निकासी भएको छ ।

ठूलो मात्रामा गोलभेडा उत्पादनसँग गरीबी हटाउन सहयोग पुगेको हो । यहाँ उत्पादित ८० प्रतिशत गोलभेडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ ।

उत्पादित गोलभेडाबाट राम्रो मूल्य र बजार पाउन थालेपछि यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक गोलभेडा खेती गर्न थालेपछि कमजोर आयस्रोत भएका परिवारको दैनिकी परिर्वतन देखिएको छ । आम्दानीको स्रोत बढेपछि स्थानीयवासिन्दा स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ ।

मैनादी कृषि सहकारी संस्थामा आबद्धता ४९ सदस्यले व्यावसायिक गोलभेडा खेती वार्षिक ५० हजारदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।

श्रम र पसिना बगाउन हिम्मत गर्ने युवाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका युवाले देखाएका छन् । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान मानबहादुर बम्रेलले चालू आवको साउन र भदौ महिनामा गोलभेडा खेतीबाट राम्रो आम्दानी गरे ।

मकै खेतीमा गर्ने बारीमा गोलभेडा खेतीबाट दुई लाख ७३ हजार आम्दानी गरे । गत आवमा करीब तीन लाख जतिको गोलभेडा बेचिएको हो । अझै कात्तिक महिनामा गोलभेडा बारीबाट निकासी हुने बम्रेलको भनाइ छ ।

रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान निर्मला रास्कोटीले साउन भदौ महिनामा उत्पादन गरेको गोलभेडा खेतीबाट तीन लाखभन्दा बढी आम्दानी लिन सफलता हाता पारे । व्यावसायिक गोलभेडा खेतीबाट गाउँमा स्वरोजगार र रोजगारीका सम्भावनासमेत बढेको छ ।

यहाँका ९० भन्दा बढी युवा कृषि क्षेत्रमा लागि परेका छन् । तीमध्ये ४९ जना गोलभेडा खेतीमा आकर्षित छन् । यहाँबाट तरकारी तथा सुन्तला ठूलो मात्रामा निकासी हुँदै आएको छ ।

११४ जना सदस्य रहेको यस सहकारीमार्फत किसानलाई ऋण तथा प्राविधिक ज्ञान सीप तथा क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालनपछि गाउँमा कृषि उत्पादन बढेको सहकारीका अध्यक्ष बेनीराम पुनको दाबी छ ।

रिब्दीकोट गाउँपालिका–७ का वडाध्यक्ष निलबहादुर रास्कोटीले व्यावसायिक गोलभेडा खेतीबाट किसानको जीवनस्तरमा सुधार आएको बताए। उनले गरीबी हटाउनका लागि निम्न वर्गीय परिवार कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा मेहनत गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : २९ बजे

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान

भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ

काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका

इरानी आक्रमणका कारण इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द

कठमाडौं– इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द गरिएको छ ।