आईपीएलका प्रभावशाली खेलाडीमा सन्दीपको नाम « Khabarhub

आईपीएलका प्रभावशाली खेलाडीमा सन्दीपको नाम


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले १९ वर्ष मुनिका इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने ८ प्रभावशाली खेलाडीको सूची सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको सूचीमा नेपाली क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका हुन् ।

आईसीसीको सूचिमा प्रभावशाली खेलाडीका रुपमा दर्ज भएका सन्दीप दिल्ली क्यापिटलबाट दोस्रो पटक आईपीएल खेल्दैछन् । आईसीसीले हरेक वर्ष आईपीएल शुरु हुनु अगाडि ‘प्लेयर्स टु वाच’ भन्दै युवा खेलाडीको सूची सार्वजनिक गर्दै आएको छ ।

घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका र आईपीएल खेल्ने खेलाडीहरु सूचीमा समावेश गरिएका छन् ।

आईपीएल ट्वान्टी—२० फ्रेन्चाईज प्रतियोगितामा सर्वाधिक लोकप्रिय प्रतियोगिता हो । यहाँ हरेक सिजनमा कसैले न कसैले आफ्ना नयाँ प्रसंशक पाउने गरेका छन् । २०१८ मा पहिलो पटक आईपीएल खेल्ने नेपाली खेलाडी बन्दै प्रसंशा बटुलेका सन्दीप यो सिजनमा आईसीसीको प्लेयर्स टु वाचमा अटाएका हुन् ।

सूचिमा सन्दीपसँगै सुहवमन गिल (कल्कत्ता नाइट राइडर्स), सिमरन हातमेयर (रोयल च्यालेन्जर्स ब्याङ्लुरु), साम कुरान (किङ्स ११ पञ्जाव) रहेका छन् । यस्तै, लुङ्गी एङ्गिडि (चेन्नाई सुपर किङ्स), मायाङ्क मर्कन्डे (मुम्बई इन्डियन्स), विजय शंकर (सन्राइजर्स हैदरावाद), आसोन थोमस (राजस्थान रोयल्स) छन् ।

आईसीसीको युवा स्टारको सूचीमा ३ भारतीय खेलाडी अटाएका छन् भने ५ जना विदेशी कोटाका खेलाडी रहेका छन् ।

आईपीएलका लागि दिल्लीले रिटेन गरेका १४ जनामध्येका सन्दीपले यो वर्ष पनि ३२ लाख रुपौयाँमा खेल्नेछन् । जुन आईपीएलको न्युनतम आधार मूल्य हो । शनिबारबाट शुरु हुन लागेको आईपीएलमा सन्दीपको टोलीले आफ्नो पहिलो खेल आउँदो आइतबार मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ३ : २३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने