आईपीएलका प्रभावशाली खेलाडीमा सन्दीपको नाम « Khabarhub

आईपीएलका प्रभावशाली खेलाडीमा सन्दीपको नाम


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले १९ वर्ष मुनिका इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने ८ प्रभावशाली खेलाडीको सूची सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको सूचीमा नेपाली क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका हुन् ।

आईसीसीको सूचिमा प्रभावशाली खेलाडीका रुपमा दर्ज भएका सन्दीप दिल्ली क्यापिटलबाट दोस्रो पटक आईपीएल खेल्दैछन् । आईसीसीले हरेक वर्ष आईपीएल शुरु हुनु अगाडि ‘प्लेयर्स टु वाच’ भन्दै युवा खेलाडीको सूची सार्वजनिक गर्दै आएको छ ।

घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका र आईपीएल खेल्ने खेलाडीहरु सूचीमा समावेश गरिएका छन् ।

आईपीएल ट्वान्टी—२० फ्रेन्चाईज प्रतियोगितामा सर्वाधिक लोकप्रिय प्रतियोगिता हो । यहाँ हरेक सिजनमा कसैले न कसैले आफ्ना नयाँ प्रसंशक पाउने गरेका छन् । २०१८ मा पहिलो पटक आईपीएल खेल्ने नेपाली खेलाडी बन्दै प्रसंशा बटुलेका सन्दीप यो सिजनमा आईसीसीको प्लेयर्स टु वाचमा अटाएका हुन् ।

सूचिमा सन्दीपसँगै सुहवमन गिल (कल्कत्ता नाइट राइडर्स), सिमरन हातमेयर (रोयल च्यालेन्जर्स ब्याङ्लुरु), साम कुरान (किङ्स ११ पञ्जाव) रहेका छन् । यस्तै, लुङ्गी एङ्गिडि (चेन्नाई सुपर किङ्स), मायाङ्क मर्कन्डे (मुम्बई इन्डियन्स), विजय शंकर (सन्राइजर्स हैदरावाद), आसोन थोमस (राजस्थान रोयल्स) छन् ।

आईसीसीको युवा स्टारको सूचीमा ३ भारतीय खेलाडी अटाएका छन् भने ५ जना विदेशी कोटाका खेलाडी रहेका छन् ।

आईपीएलका लागि दिल्लीले रिटेन गरेका १४ जनामध्येका सन्दीपले यो वर्ष पनि ३२ लाख रुपौयाँमा खेल्नेछन् । जुन आईपीएलको न्युनतम आधार मूल्य हो । शनिबारबाट शुरु हुन लागेको आईपीएलमा सन्दीपको टोलीले आफ्नो पहिलो खेल आउँदो आइतबार मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ३ : २३ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग