तेस्रो दिन पनि खोजी जारी, कर्णाली नदीमा बेपत्ताहरुको अवस्था अझै अज्ञात « Khabarhub

तेस्रो दिन पनि खोजी जारी, कर्णाली नदीमा बेपत्ताहरुको अवस्था अझै अज्ञात


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकामा मंगलबार जीप दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका यात्रुको अवस्था अझै अज्ञात छ । जीप समेत फेला परेको छैन । जीप दुर्घटना भएको तेस्रो दिन आज पनि खोजी जारी छ ।

नदीको बेग र चीसो पानीका कारण खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर टोलीको प्रयास पनि सफल हुन सकेन । बुधबार सेनाको हेलिकोप्टरबाट घटनास्थल पुगेको गोताखोरको टोलीले खोजी जारी राखेका छ । गोताखोरको १० जनाको टोली र स्थानीले कर्णली नदीमा पटक–पटक खोजतलास जारी राखेपनि बेपत्ताहरुको अवस्था पत्तालागेको छैन ।

‘घटना भएको तीन दिन भयो, अब वेपत्ता यात्रु जीवितै भेटिने आशा कम छ’ हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले भने, ‘बुधबार साँझसम्म खोजी भयो, तर फेला पार्न सकिएन । विहीबार आज पनि खोजी कार्यलाई निरन्तरता दिनेछौं ।’

कर्णाली नदीमा खसेको लु १ ज ७१६६ नम्बरको जीप र त्यसमा सवार यात्रु फला पर्ने आसमा स्थानीय बासिन्दाले खोजीलाई निरन्तरता दिएका छन् ।

पुसमा ट्रयाक खोलिएको सडकमा चैतबाट नियमित जीप सञ्चालनमा हुँदै आएको थियो । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुँम्लामा हेलिकोप्टरमार्फत जिप त्यहाँ पु¥याइएको हो । सिकारुले गाडी चलाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकाी उपाध्यक्ष सिन्धु हमाल, चालक मणिजंग शाही, स्थानीय चन्द्रबहादुर हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्दादेवी सिंह, कौरा दमाइ, उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौं थानकोटका राजु श्रेष्ठ बेपत्ता भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ५८ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि