छोरा जन्माउने आशामा १३ सन्तान ! « Khabarhub

छोरा जन्माउने आशामा १३ सन्तान !


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्माइन् । १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिइन् । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो ।

‘समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ’, उनले भनिन् । अहिले उनी छोराछोरी, नातिनातिना, पनातिपनातिना गरी ७० जनाको अभिभावक हुन् । छोराछोरी सबैले उन्नति, प्रगति, विभिन्न पेशा–व्यवसाय गरेको देख्दा र सुन्दा उनी खुशी छन् ।

अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो- उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६७ वर्षीया सुमित्रा विक र ७६ वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् । तर, सबै छोरा छोरीको नाम पनि सम्झन मुश्किल हुन्छ । अझै त्यसमा ३८ जना नाति नातिनीको नाम कहाँ सम्झन सक्छिन् र ? नाम सम्झन निकै सास्ती नै हुन्छ । पनाति पनातिना त कुन छोरीका हुन् उनलाई हेक्का नै हुँदैन ।

‘१२ छोरा १३ नाति, हलो र जुवा बूढाको काँधमाथि’ भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन् । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए । हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन् । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन् । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो ।

बढी सन्तान समस्या नै समस्या

सुमित्राले १३ सन्तान हुर्काउन निकै सास्ती भयो । घरमा सासू ससुरा नभएपछि बच्चा हुर्काउन समस्या भएको हो । केही बच्चा आफ्नो साथमा र केही श्रीमान्‌को साथ लगाएर काम गर्नुपर्ने बाध्यता रहेको थियो । धेरै सन्तान भएपछि उनीहरुले एसएलसीसम्म पनि पढ्ने मौका कमै सन्तानले मात्र पाए ।

‘दुःख गरेर भए पनि धेरै छोराछोरीको राम्रै पालनपोषण गरे, सबैका बिहेदान राम्रैसँग भयो, पहिला दुःख भए पनि अहिले त सुखसन्तोष हुँदै गएको छ, काखमा नातिनातिना खेलाउँदा रमाइलो लागेको छ’, उनले भनिन् ।

पहिला पहिला अशिक्षा र पुरानो संस्कारले जगेडिएको हाम्रो समाजमा छोरीलाई भन्दा छोरालाई धेरै महत्व दिने चलन थियो । अहिले भने छोरा नै जन्माउनुपर्छ भन्ने पुरानो संस्कार परिवर्तन भएको छ । मेलापात उकाली ओराली गरेर १३ सन्तान हुर्काउन पाउँदा आफूलाई खुशी लागेको विकका श्रीमती ६७ वर्षीय सुमित्रा विक बताउँछिन् ।

श्रीमान् आरन व्यवसाय चलाउने श्रीमती मेलापात घरधन्दा गरेर जीविका चलाउने विक दम्पती अहिले सुखसँग जीवन बिताउँदैछन् । कतिपय छोरा नजन्माएकै कारण महिलालाई घर निकाला, अपहेलना, शारीरिक तथा मानसिक याताना दिने गरिन्छ । विकट र दुर्गम गाउँमा यदाकदा छोरा नै जन्माउनुपर्छ भन्ने धारणा रहे पनि पछिल्लो समय पाल्पामा भने शिक्षाको पहुँच र चेतनाको विकासले छोरा नै जन्माउनुपर्छ भन्ने मानसिकतामा परिवर्तन आउन थालेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १२ : ५५ बजे

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

इनरुवा– जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा