ओली, प्रचण्ड र देउवालाई ‘मारिदिन्छु’ भन्दै धम्की दिने व्यक्ति पक्राउ « Khabarhub

ओली, प्रचण्ड र देउवालाई ‘मारिदिन्छु’ भन्दै धम्की दिने व्यक्ति पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘मारिदिन्छु’ भनेर धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिमरा घर भएका २८ वर्षीय सागर मैनाली छन् । वैदेशिक रोजगारीमा रहेका मैनाली केही दिन अगाडि मात्रै स्वदेश फर्किएका थिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई जोडेर मैनालीले शीर्ष नेता र प्रहरी कर्मचारीविरुद्ध फेसबूकमा अपमानजन्य शब्दका स्टाटस र भिडियोहरु राखेका थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले मैनालीलाई पक्राउ गरेको हो । पक्राउ परेका मैनालीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ४ : ५१ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा