अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ दोस्रो हप्तामा पनि उत्साहजनक « Khabarhub

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ दोस्रो हप्तामा पनि उत्साहजनक


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षको मौका पारेर चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ को व्यापार दोस्रो हप्तामा आउँदा पनि उत्साहजनक देखिएको छ । लामो समयसम्म हलले दर्शक नपाइरहेका बेला यो फिल्मले भने  दर्शकको साथ पाएको हो ।

अनमोल केसी र सुहाना थापाको केमेष्ट्री रहेको ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । यो फिल्ममा सुनीलकुमार थापाको लगानी छ । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मलाई दर्शकले भने रुचाएका छन् । काठमाडौंका प्राय: मल्टिप्लेक्स हलमा फिल्मको व्यापार उत्साहजनक देखिएको छ ।

फिल्म हेरेका दर्शकले अनमोल र सुहानाको केमेष्ट्री सुहाएको प्रतिक्रिया दिएका छन् । सुहानाका लागि ‘ए मेरो हजुर ३’ डेब्यु फिल्म पनि हो । फिल्मबाट सुहानाले राम्रो प्रतिक्रिया पाएको बताउँछिन् ।

फिल्मले हालसम्म कति व्यापार ग–यो भन्नेमा भने निर्माण टिमले केही जानकारी गराएको छैन । यसअघि फिल्मले रिलिजको चौंथो दिनसम्म ४ करोड बढीको व्यापार गरेको निर्माण टिमले दाबी गरेको थियो ।

‘ए मेरो हजुर ३’ सँगै हलमा सम्राट शाक्य निर्देशित फिल्म ‘यात्रा’ पनि चलिरहेको छ । उक्त फिल्ममा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मले औसत व्यापार गरेको छ तर ‘ए मेरो हजुर ३’ को तुलनात्मक रुपमा कम छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ४२ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन