अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ दोस्रो हप्तामा पनि उत्साहजनक « Khabarhub

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ दोस्रो हप्तामा पनि उत्साहजनक


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षको मौका पारेर चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ को व्यापार दोस्रो हप्तामा आउँदा पनि उत्साहजनक देखिएको छ । लामो समयसम्म हलले दर्शक नपाइरहेका बेला यो फिल्मले भने  दर्शकको साथ पाएको हो ।

अनमोल केसी र सुहाना थापाको केमेष्ट्री रहेको ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । यो फिल्ममा सुनीलकुमार थापाको लगानी छ । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मलाई दर्शकले भने रुचाएका छन् । काठमाडौंका प्राय: मल्टिप्लेक्स हलमा फिल्मको व्यापार उत्साहजनक देखिएको छ ।

फिल्म हेरेका दर्शकले अनमोल र सुहानाको केमेष्ट्री सुहाएको प्रतिक्रिया दिएका छन् । सुहानाका लागि ‘ए मेरो हजुर ३’ डेब्यु फिल्म पनि हो । फिल्मबाट सुहानाले राम्रो प्रतिक्रिया पाएको बताउँछिन् ।

फिल्मले हालसम्म कति व्यापार ग–यो भन्नेमा भने निर्माण टिमले केही जानकारी गराएको छैन । यसअघि फिल्मले रिलिजको चौंथो दिनसम्म ४ करोड बढीको व्यापार गरेको निर्माण टिमले दाबी गरेको थियो ।

‘ए मेरो हजुर ३’ सँगै हलमा सम्राट शाक्य निर्देशित फिल्म ‘यात्रा’ पनि चलिरहेको छ । उक्त फिल्ममा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मले औसत व्यापार गरेको छ तर ‘ए मेरो हजुर ३’ को तुलनात्मक रुपमा कम छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ४२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल