नेपाल–फ्रान्स सम्बन्ध नयाँ उचाइतर्फ | Khabarhub Khabarhub

नेपाल–फ्रान्स सम्बन्ध नयाँ उचाइतर्फ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने अपेक्षासहित काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल र फ्रान्सबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा सैनिक अफिसर्स क्लब भद्रकालीमा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुबै मुलुक समुन्नत सभ्यता, सँस्कृति र परम्पराको केन्द्रका रुपमा रहेको बताए । उनले भने, ‘दुबै मुलुक हिमाली भू–वनोट र सँस्कृतिका कारण पनि विश्वभर परिचित छन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले स्वतन्त्रता, समानता, शान्ति र सहअस्तित्वको मान्यता राख्दै दुबै मुलुकले राजनीतिक, आर्थिक विकासलाई टेवा दिँदै आएको बताए । उनले नेपाल र फ्रान्स भौगालिक रुपमा निकै टाढा रहे पनि दुई मुलुकको साझा चासो र समानता अन्य मुलुकको भन्दा पृथक रहेको तर्क गरे ।

कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत फ्रास्वाँ–जेभियर लेजरले नेपाल फ्रान्सेली पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा रहेको बताए । उनले भने ‘हरेक वर्ष ३२ हजार भन्दा धेरै फ्रान्सेली पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् ।’

नेपाल र फ्रान्सबीच सन् १९८० को दशकबाट शुरु भएको हिमाली क्षेत्रको सहकार्यको स्मरण गर्दै राजदूत लेजरले नेपालमा सहयोगको परिचालन गर्ने क्षेत्रबारे पनि फ्रान्सले अध्ययन गरिरहेको जनाए ।

दुई मुलुकबीच जनस्तरको सम्पर्कलाई जोड दिनुपर्ने जनाउँदै राजदूत लेजरले सन् २०१९ मा फ्रान्स र नेपालबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदान–प्रदान हुने समेत जनाए ।

नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको अवसरमा आयोजना हुने सबै समारोहको खबरहब डिजिटल मिडिया साझेदार हो । कार्यक्रमलाई विशेष बनाउन सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : ३० बजे

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत

भीमेश्वर नगरपालिकाको पुँजीगतभन्दा चालु खर्च बढी 

दोलखा– दोलखाको भीमेश्वर नगरपालिकामा चालु आर्थिक वर्षमा पुँजीगतभन्दा चालु खर्च

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु ३ अर्ब नजिक, भौतिक पूर्वाधार मन्त्रालयमा बढी

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम झण्डै तीन अर्ब पुगेको

काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

काभ्रे– काभ्रेपलाञ्चोकको तीन स्थानीय तहलाई यस आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित

काठमाडौं महानगरबाट सीप मेलाका लागि आवेदन माग

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सीप मेला २०८२ का लागि आवेदन